+
+
Shares

प्रधानमन्त्रीको बेडरुममा बिचौलिया भनेका गगनलाई वर्षमानले भने- सत्य बोल्नुभयो, धन्यवाद

‘सत्तारुढ पार्टीका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ भन्नुभयो । ढिलै भए पनि सत्य बोल्नु भएकोमा उहाँलाई धन्यवाद भन्न चाहन्छु,’ पुनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १४:५१

१२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले प्रधानमन्त्रीको बेडरुमभित्र बिचौलिया पुगेको अभिव्यक्ति दिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई धन्यवाद दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्दै पुनले थापालाई धन्यवाद दिएका हुन् ।

महामन्त्री थापाले गत वैशाख २ गते काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुग्ने गरेको दाबी गरेका थिए ।

‘सत्तारुढ पार्टीका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ भन्नुभयो । ढिलै भए पनि सत्य बोल्नु भएकोमा उहाँलाई धन्यवाद भन्न चाहन्छु,’ पुनले भने ।

उनले यही कुरा आफूहरूले भन्दा सरकारबाट हट्दाको छटपटि भनिएको बताउँदै अहिले घरघर र सार्वजनिक मञ्चमा पनि विचौलिया र स्वास्र्थ समूहको सरकार भनिरहेको बताए ।

‘हामीले यो सरकारले विचौलिया समूहको स्वार्थमा काम गरिरहेको छ भन्दा सरकारबाट हट्दाको छटपटि भनियो,’ उनले भने, ‘आज हामीले मात्रै होइन, घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर यो सरकारलाई विचौलिया, दलाल र स्वार्थ समूहको सरकार भनिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?