+
+
Shares

पिज्जा हटको नवौं आउटलेट ललितपुर लबिम मलमा

पिज्जा हटको नेपालका लागि आधिकारिक फ्रेन्चाइजी देवयानी इन्टरनेसनल नेपाल प्रालिले ललितपुर लबिम मलमा नयाँ आउटलेट खोलेको हो । यो स्टोर ललितपुरमा पिज्जा हटको पहिलो र नेपालभरि नवौं आउटलेट हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १६:२६

काठमाडौं । नेपालमा सबैभन्दा मन पराइएको र विश्वासिलो पिज्जा ब्रान्ड ‘पिज्जा हट’ ले ललितपुरमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ ।

पिज्जा हटको नेपालका लागि आधिकारिक फ्रेन्चाइजी देवयानी इन्टरनेसनल नेपाल प्रालिले ललितपुर लबिम मलमा नयाँ आउटलेट खोलेको हो । यो स्टोर ललितपुरमा पिज्जा हटको पहिलो र नेपालभरि नवौं आउटलेट हो । यो आउटलेट शुक्रबार नेपाल प्रहरीका पूर्वएआईजी हरि पालले उद्घाटन गरे ।

देवयानी ग्रुपका प्रमुख वित्त अधिकृत (सीएफओ) ऋतुराज शाहले ललितपुरमा ग्राहकले पिज्जा हटको माग गरेको हुँदा ग्राहकको माग सम्बोधन गर्दै स्टोर खोलेको जानकारी दिए ।

‘ललितपुरका ग्राहकले पिज्जा हट यता ल्याउनुपर्‍योे भनिरहनुभएको थियो, धेरै टाढा डेलिभरी नगर्ने हाम्रो नियम छ,’ उनले भने, ‘डेलिभरी गर्न पनि नमिलेको हुँदा समस्या भइरहेको थियो । अब लबिम मल सबैको पायक पर्ने ठाउँ पनि भएकाले यहाँ खोलेको हौं ।’

उनका अनुसार अब पिज्जा पारखीले लबिम मलको आउटलेटमा प्रिमियम मूल्यमा नै पिज्जाको स्वाद लिन पाउनेछन् । पिज्जा हटले आफ्नो पिज्जामा फ्रेस डो प्रयोग गर्छ । फ्रोजन डोको प्रयोग नहुने हुँदा ग्राहकले जतिसुकै बेला फ्रेस पिज्जा खान पाउनेछन् ।

यस्तै पिज्जा हटले अफर पनि ल्याएको छ । ओपनिङ अफरमा ग्राहकले ६ सय ४९ रुपैयाँमा अनलिमिटेड पिज्जा खान पाउनेछन् । आइतबार र बिहीबारका लागि पनि अफर पाइने छ ।

आइतबारको अफरमा १ हजार रुपैयाँमा ४ वटा पिज्जा खान पाइने छ भने बिहीबारको अफरमा एउटा पिज्जा किन्दा एउटा पिज्जा निःशुल्क पाइने छ ।

देवयानी इन्टरनेसनलका अनुसार यो आउटलेटले १ हजार ३ सय ७० वर्गफिट क्षेत्रफल ओगटेको छ भने बिहान ११ देखि राति ११ बजेसम्म खुला रहने छ । यसमा एकै पटक ४४ ग्राहकले पिज्जा, पास्ता लगायत खानेकुराको स्वाद लिन सक्छन् ।

पिज्जा हटले स्वास्थ्य र सुरक्षाका उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै पिज्जा लगायत परिकारका स्वाद लिन तथा अर्डर गरेर फुडमान्डु, पठाओ र भोजबाट डेलिभरी लिन सकिने पनि जनाएको छ ।

देवयानी इन्टरनेसनलका अनुसार हाल पिज्जा हटका आउटलेट दरबारमार्ग, आइप्लेक्स मल, भाटभटेनी थिमि, सामाखुसी, बौद्ध, विराटनगर, बुटवल, वीरगञ्ज र लबिम मलमा छन् ।

तस्वीर/भिडियो : शंकर गिरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?