
१२ वैशाख, काठमाडौं । बिहीबारदेखि लगातार सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दुईवटा भिडियो सार्वजनिक भए ।
दुवै भिडियो पुराना हुन् । बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा छरपस्ट भएको सुन्धाराको पुल नजिकैको भिडियोमा देखिएका चार जना ट्राफिक प्रहरी कारबाहीमा परिसकेका छन् ।
शुक्रबार बिहानैबाट अर्का एक जना ट्राफिक प्रहरीले पनि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।
उक्त भिडियो पनि एक वर्ष पुरानो रहेको पाइएको छ ।
ट्राफिक प्रहरी प्रभाग सोह्रखुट्टेमा रहेका सहायक हवल्दारबाट कुटेको उक्त भिडियो सार्वजनिक भएको पाइएको हो ।
ती ट्राफिक प्रहरी ०८० चैतमै त्यहाँबाट सरुवा भएर उपत्यका बाहिरको जिल्लामा गइसकेका छन् ।
किन कुटपिट भइरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले जानकारी दिए ।
ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
त्यो घटनामा संलग्न ट्राफिक प्रहरीहरुमाथि छानबिन भइरहेका बेला अर्को घटना पनि सार्वजनिक भएको थियो ।
प्रतिक्रिया 4