+
+
Shares

भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, स्कुटर चालकको मृत्यु

दुर्घटनापछि बोलेरो सडकमै पल्टिएको थियो । पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई समेत किचेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १५:४८

१२ वैशाख, काठमाडौं । चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।

भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर भरतपुर–६ इन्द्रपुरी बस्ने वर्ष ५२ की लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो । पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई समेत किचेको थियो ।

सो क्रममा महिलाको निधन भएको प्रहरीले जनाएको छ । जिप चालक भने प्रहरी नियन्त्रणमा छन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?