+
+
Shares

राष्ट्र बैंकले पैसा लैजाने अनुमति नदिँदा ओसाका एक्स्पोमा नेपालले मण्डप बनाउन सकेन

‘सरकारको काम हामी व्यवसायीले गर्दैछौँ । तर, सरकारले पैसा ल्याउन हामीलाई सहज वातावरण बनाइदिएन । त्यसकारण एक्स्पो सुरु भइसके पनि ‘नेपाल पोभेलियन’ निर्माण रोकिएको हो ।’ व्यवसायी कपिलदेव थापाले भने ।

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०८२ वैशाख १२ गते १६:१८

१२ वैशाख, जापान । जापानको ओसाकामा विश्वमै प्रतिष्ठित मानिने ओसाका कान्साई एक्स्पो सुरु भएको दुई साता बिति सक्दा पनि  नेपालले भने अहिलेसम्म पनि आफ्नो मण्डप तयार पार्न सकेन । जसको नकारात्मक चर्चा यतिबेला जापान भरी छ । जापानमा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म यो विषयले प्राथमिकता पाइरहेको छ ।

गत अप्रिल १३ तारिखबाट एक्स्पो सुरु भए पनि नेपाल मण्डप भने निर्मांण सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीलाई निर्माण लागत तिर्न नसक्दा ‘नेपाल पोभेलियन’ निर्माण रोकिएको छ । नाम खुलाउन नचाहाने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका एक कर्मचारी भन्छन्, ‘समयमा नै निर्माण लागत भुक्तानी गर्न नसकेको कारण निर्माण कम्पनीले अहिले काम रोकेको हो ।’

नेपाल सरकारले उद्योग वाणिज्य तथा आफूर्ति मन्त्रालय अन्र्तगत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र मार्फत् टेन्डर आवह्न गरेको थियो । टेन्डर बिद म्यानेजमेन्ट प्राइभेट लिमिटेड, ललित मनडिस्प आर्ट एण्ड आर्किटिच प्राइभेट लिमिटेडले कम्पनीले हात पारेको थियो।

टेन्डर हात पार्ने कम्पनीले जापानको सानक्यो कन्स्ट्रक्शन कम्पनीलाई ‘नेपाल पोभेलियन’ निर्माणको जिम्मा दिएको ओसाका एक्स्पोमा नेपालको तर्फबाट काम गर्दै आएका व्यवसायी कपिल देव थापाले बताए । ६ महिनासम्म चल्ने एक्स्पोमा मे ३१ तारिखमा नेपाल डे गर्ने तय भएको छ । उक्त सानक्यो कन्स्ट्रक्शन कम्पनीलाई लागत तिर्न नसक्दा एक्स्पोमा नेपालको उपस्थित नै अन्योलमा परेको छ।

ओसाका कान्साई एक्स्पोमा १८६ राष्ट्रको सहभागिता छ । एक्स्पोलाई नेपाली उत्पादनको प्रदर्शनी, व्यापार साथै लगानी भित्र्याउने थलोको रुपमा हेरिएको छ । एक्स्पोमा सरकारले आफैँ उपस्थित भएर नेपाली उत्पादनको प्रदर्शन तथा व्यापार गर्नुपर्ने भएपनि निजी क्षेत्रलाई जिम्मा दिएको गैर आवासीय नेपाली संघ (एनसिसी) जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङग बताउँछन्।

एक्स्पोमा संसारभरका करोडौँ दर्शकले अवलोकन गर्छन्। ‘एक्स्पो हरेक देशले आफ्नो देशको उत्पादन र टेक्नोलोजी सम्बन्धि गरेको आविष्कार प्रदर्शन र बजारीकरण गर्ने थलो हो’, प्रधानाङगले भने, ‘विगतमा सरकार आफैँ एक्स्पोमा सहभागी भएका उदाहरण पनि छन् ।’

कम्पनीले किन तिर्न सकेन निर्माण लागत

नेपालबाट जापान पैसा ल्याउन राष्ट्र बैंकले अनुमति नदिएको व्यवसायी कपिलदेव थापाले बताए ।  उनले भने, ‘सरकारको काम हामी व्यवसायीले गर्दैछौँ । तर, सरकारले पैसा ल्याउन हामीलाई सहज वातावरण बनाइदिएन । त्यसकारण एक्स्पो सुरु भइसके पनि ‘नेपाल पोभेलियन’ निर्माण रोकिएको हो ।’  नेपालबाट पैसा ल्याउँदा ३० प्रतिशतसम्म कर तिर्नु पर्नेहुन्छ ।

‘हामीले भोली नेपालमा लगानी भित्र्याउन पनि नेपालबाट पैसा ल्याउनु पर्ने हुन्छ । तर, झन्झटिलो र खर्चिलो बैकिङ प्रक्रियाका कारण हामीले जापान पैसा ल्याउन सकेका छैनौँ । जसकारण एक्स्पो सुरु भइसके पनि ‘नेपाल पोभेलियन’ निर्माण रोकिएको हो ।’ उनले भने ।  उनका अनुसार  कम्पनीको १ सय ४० करोड रुपैयाँ बराबरको प्रोजेक्ट रहेको छ ।

कस्ता उत्पादनको बजारीकरण गरिन्छ मेलामा ?

एक्स्पोमा ह्यान्डिक्राफट आइटम र हिमाली भेगमा पाइने रैथाने बालिलाई प्रदर्शन र अर्डर लिने काम मेलामा हुने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । स्टलमा राख्नका नेपाल उत्पादन भएका रैथानेबालि जापान जान सुरु गरिसकेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जानकारी दिएको छ ।

सरकारलाई आफैँ एक्स्पो चलाउन गाह्रो हुने भएकाले व्यवसायीलाई दिन नेपाल सरकारले टेन्डर आह्वान गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र बताउँछ ।

नेपालको स्टल टाइप ‘ए’ को

एक्स्पोमा नेपाल आफैँ मण्डप निर्माण गर्ने देशहरु मध्ये एक हो । यसको निर्माण अगस्ट २०२४ बाट सुरु भएको थियो । मेलामा टाइप ए, टाइप बि र टाईप सि गरेर तीन प्रकारका स्टल छन् । नेपालले टाइप ए स्टलको तयारी गरेको छ ।

टाइप एमा व्यापारीले नेपाल सरकारलाई पेस गरेको डिजाइन अनुसारको मण्डप तयार गरेर ६ महिनासम्म व्यापार गर्ने तयारी गरेको थियो ।

लगानीकर्ताले यस वापत नेपाल सरकारलाई ६ करोड, ५१ लाख रुपैयाँ रोयलटी तिर्ने समझौता गरेको छ । जसबापत ३ करोड २५ लाख ५० हजार अग्रिम भुक्तानी गरिसकेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । बाँकी रकम मेला सम्पन्न भइपछि तिर्ने समझौता भएको छ ।

लेखक
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?