+
+
Shares
टेलिभिजन :

इन्द्रकला, प्रोसेस, रोशन र सार्थक : ‘भ्वाइस’को फिनालेमा को जाला ?

कोच खेम सेन्चुरीको समूहका प्रोसेस पाण्डे र इन्द्रकला राईमध्ये एकजना फिनालेमा प्रवेश गर्नेछन् । कोच मेलिना राईको समूहबाट रोशन राई र सार्थक लामाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १६:१९

काठमाडौं । ‘भ्वाइस अफ नेपाल सिजन ६’ले यो सप्ताहान्त सबै फाइनलिस्ट पाउँदैछ । शुक्रबार र शनिबार थप दुईजना प्रतिस्पर्धीले फिनालेको यात्रा तय गर्नेछन् ।

अन्तिम चारको राउण्डमा गतसाता उदय सोताङको समूहबाट अर्पणा आचार्य र राजु लामाको समूहबाट प्रमेश राई प्रवेश गरिसकेका छन् । यो साता दुईजना छनोट हुने भएपछि फाइनलिस्टको समीकरण पुरा हुनेछ ।

दर्शकको भोटका आधारमा फाइनलिस्ट तय हुनेछन् ।

कोच खेम सेन्चुरीको समूहका प्रोसेस पाण्डे र इन्द्रकला राईमध्ये एकजना फिनालेमा प्रवेश गर्नेछन् । कोच मेलिना राईको समूहबाट रोशन राई र सार्थक लामाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यी चार प्रतिस्पर्धीमध्ये को अगाडि बढ्ने भन्ने निर्णय आज (शुक्रबार) र भोलि (शनिबार) प्रसारण हुने एपिसोडमार्फत टुंगो लाग्नेछ । फिनाले बैशाख १९ गते शुक्रबार आयोजना हुँदैछ, जहाँ सिजनको विजेता घोषणा गरिनेछ ।

यसैबीच, ‘भ्वाइस किड्स’ को डिजिटल अडिसन हाल खुला रहेको र चाँडै ब्लाइन्ड अडिसन सुरु हुने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?