+
+
Shares

चितवनमा २ वटा मोटरसाइकल ठोक्किंदा आगो लाग्यो, एउटा जल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १६:२२

१२ वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–७ वंशिचोकमा दुई मोटरसाइकल ठोक्किंदा आगलागी भएको छ । आगलागी भएकाबाट एउटा मोटरसाइकल जलेर पूर्ण रुपमा क्षति भएको छ ।

शुक्रबार बिहान ८ः४० बजे गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५३ प ११७३ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको लु २७ प २११७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किंदा दुवै चालक घाइते भएका छन् । घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले बताए ।

दुर्घटनामा ना ५३ प ११७३ का चालक २८ वर्षीय सविन कुमालको हात खुट्टामा चोट लागेका छ भने अर्को मोटरसाइकलका चालक ३५ वर्षीय रामकुमार महतोको दाहिने हात फ्याक्चर भएको छ ।

मोटरसाइकल आपसमा ठोक्किंदा आगो समेत बलेको थियो । उक्त आगोबाट ना ५३ प ११७३ नम्बरको मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?