
काठमाडौं । सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक भएको छ । गीतमा महेश काफ्लेको शब्द तथा संगीत, रिकेश गुरुङको एरेञ्ज छ ।
गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन् । शुक्रबार युट्युबमा सार्वजनिक गीतको भिडियोमा कलाकार आसिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा आसिफले गीतमार्फत रिसाएकी गरिमालाई फकाउँदै गरेको देखिन्छ ।
यो फिल्ममा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने यो फिल्ममा प्रदीप भारद्धाजको पटकथा लेखन छ । निर्माता सन्तोष गौतम हुन् । यो फिल्म जेठ २३ देखि प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4