+
+
Shares

स्थायी लेखा नम्बर लिने करदाता ६७ लाख ३७ हजार, सबैभन्दा धेरै व्यक्तिगत

फागुनसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४६ लाख ७६ हजार १ सय ८८ छ । चालु आवमा मात्र ४ लाख २७ हजार ५ सय ८४ करदाताले प्यान नम्बर लिएको तथ्यांक छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १७:०४

१२ वैशाख, काठमाडौं । नेपालभरि स्थायी लेखा नम्बर लिने करदाता संख्या ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिने छन् ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ फागुनसम्म उक्त संख्यामा करदाता पुगेका छन् । फागुनसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४६ लाख ७६ हजार १ सय ८८ छ । चालु आवमा मात्र ४ लाख २७ हजार ५ सय ८४ करदाताले प्यान नम्बर लिएको तथ्यांक छ ।

व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या २० लाख २६ हजार ९१ पुगेको छ । कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ३४ हजार ९ सय ९३ छ । यसरी कुल स्थायी लेखा नम्बर जारी ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको देखिएको छ ।

चालु आव फागुनसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता ३ लाख ४३ हजार ७ सय ७१ छन् । चालु आवमात्र १६ हजार ३ सय ५४ भ्याटमा दर्ता छन् । अन्तःशुल्कमा दर्ता हुने १ लाख २३ हजार ६ सय ७२ करदाता पुगेका छन् । चालु आवमात्र ६ हजार ३ सय ४ करदताता अन्तःशुल्कमा दर्ता छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?