
१२ वैशाख, काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का हरैंचामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँ छन् । ना १ क ६२७० नम्बरको टिपरले प्रदेश–१–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक मियाँको मृत्यु भएपछि स्थानीय र आफन्तले सडकमा शव उठाउन नदिएपछि स्थिती तनावग्रस्त बनेको थियो । टिपर चालक बारा कोल्वी घर भइ मोरङको सुन्दरहरैंचा-१२ डेरामा बस्ने २५ वर्षीय पवन योन्जन रहेको प्रहरीले बताए ।
अहिले भने अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायणप्रसाद चिमरियाले बताए । यता कोशी प्रदेशका एसएसपी भीम दाहालले पनि अवस्था सामान्य रहेको र ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4