
१२ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) सम्म वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ ।
अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म वैदेशिक लगानी प्रतिबद्धता २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख हाराहारी आएको छ । गत आव यसै अवधिमा यस्तो प्रतिबद्धता १ खर्ब १ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबर थियो ।
कुल वैदेशिक लगानी प्रतिबद्धतामध्ये अनुदान हिस्सा २५.७ प्रतिशत र ऋण हिस्सा ७४.३ प्रतिशत छ ।
कुल प्रतिबद्धतामध्ये ऊर्जा क्षेत्रमा २५.४ प्रतिशत छ । सबैभन्दा कम सुशासन क्षेत्रमा ०.२ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसबीच वातावरण तथा जलवायुमा २१.७ प्रतिशत, सिँचाइ १२.८, यातायात ६, विपद् व्यवस्थापन ९.१, पानी ११.५, कृषि ४.३ र सामाजिकमा ४.३ प्रतिशत हिस्सा प्रतिबद्धता आएको देखिएको छ ।
प्रतिक्रिया 4