+
+
Shares

सरकारले हेला गरेको होटल व्यवसायीको गुनासो

राति १० नबज्दै होटल बन्द गराउन सिट्टी फुक्दै प्रहरी आइपुग्छन्,’ होटल व्यवसायी संघका अध्यक्षको प्रश्न छ, ‘यसरी होटेल बन्द गराउँदै हिँड्दा कसरी हुन्छ पर्यटन क्षेत्रको विस्तार ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १८:०१

१२ वैशाख, काठमाडौं । होटल व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने साथ र संरक्षण नपाएको गुनासो गरेका छन् ।

होटेल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले शुक्रबार आयोजित एक कार्यक्रममा राज्यको दृष्टिकोण भेदभावपूर्ण रहेको बताएका हुन् ।

‘देश–विदेशका पर्यटकको बाक्लो आगमन हुने क्षेत्रमा रहेका होटेलहरूलाई सुरक्षाको प्रत्याभूति दिनु पर्ने हो, तर राति १० बज्न नपाउँदै प्रहरी सिट्टी फुक्दै होटेल बन्द गराउन आउँछ,’ उने भने, ‘होटेल व्यवसाय अपराध होइन, यो त पर्यटन विकासको मेरुदण्ड हो । तर, व्यवहारमा हामी अपराधीजस्तै व्यवहार भोगिरहेका छौं ।’

नेपाल पत्रकार मञ्चको नव निर्वाचित पदाधिकारी र सदस्यहरूसँगको भेटमा अध्यक्ष बरालले होटेल व्यवसाय प्रति राज्यको दृष्टिकोण नीतिगत मात्र नभएर व्यवहारमा पनि हेयपूर्ण देखिएको जिकिर गरे ।

संघका सचिव अनिष बानियाँले पनि राज्यको दृष्टिकोण विभेदपूर्ण रहेको बताए । ‘हामीले हरेक कानुनी प्रक्रिया पालना गरेका छौं, कर तिरेका छौं, तर रातको समयमा सञ्चालन रोक लाग्ने व्यवहारले हामी व्यवसायी होइनौं, अपराधि पो हौं कि जस्तो अनुभूति हुन्छ ।’

नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले सञ्चार क्षेत्र र राज्यले पर्यटन तथा निजी व्यवसायलाई सम्मानजनक रूपमा सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो पत्रकारिता होटल व्यवसायको पक्षमा मात्र होइन, राष्ट्रको आर्थिक विकासको पक्षमा पनि खडा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?