+
+
Shares

छानबिनमा परेका ट्राफिक प्रहरीको दाबी- पहिला हामीमाथि दुर्व्यवहार भएको थियो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १८:१९

१२ वैशाख, काठमाडौं । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढेको छ ।

ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत रहेका चारै जनालाई बिहीबार जिम्मेवारी खोस्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तानिएको थियो । अहिले उनीहरूमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता दीपक गिरीले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले पहिला ट्राफिकमाथि नै दुर्व्यवहार भएको दाबी गरेका छन् । ‘ट्राफिक नियम उल्लंघन गरेको विषयमा विवाद हुँदा सुरुमा उनैले हामीमाथि दुर्व्यवहार गरेका हुन् । यो भिडिओ भने काटेर एक पक्षीय भिडिओ मात्रै सार्वजनिक भएको छ,’ छानबिनमा रहेका ट्राफिकको भनाइ उद्धृत गर्दै प्रवक्ता गिरी भन्छन् ।

तर, सुरुमा नियम उल्लंघन गर्नेले नै दुर्व्यवहार गरेको भए समातेर प्रहरीको जिम्मा लगाउनुपर्नेमा त्यसो नगरी उनीमाथि कुटपिट हुनु ट्राफिक प्रहरीकै कमजोरी रहेको उनी बताउँछन् ।

‘घटना जे भए पनि ट्राफिक प्रहरीले कुटपिट गर्न मिल्दैन । समाएर जिम्मा लगाउनुपर्नेमा त्यसो नगरको देखिएकाले छानबिन सकेर विभागीय कारबाही हुन्छ,’ प्रवक्ता गिरी भन्छन् । छानबिनमा रहेको भनिएका ट्राफिक प्रहरीको नाम भने सार्वजनिक गरिएको छैन ।

यो घटना गत ११ मंसिरको हो । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । ६ महिनापछि बिहीबार मात्रै उक्त भिडिओ सार्वजनिक भएको थियो । यतिन्जेल भिडिओ सार्वजनिक नभएर अहिले हुनु पनि शंकास्पद भन्दै प्रहरीले छानबिन गरिरहेको छ ।

सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ । बुट लगाएका ट्राफिक प्रहरीले ती व्यक्तिलाई निर्ममतापूर्वक अनुहारमै प्रहार गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?