+
+
Shares

१७७ किलो गाँजासहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १८:२८

१२ वैशाख, सुनसरी। सशस्त्र प्रहरी बलले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर नजिकैबाट करीव १ सय ७७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटा जिल्लाको शहिदभूमिका गाउँपालिका–१ छिन्ताङ्ग बस्ने ५७ वर्षिय धन बहादुर राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको
सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

उनका अनुसार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको सुरक्षा फौजले सोही ठाउको झाडीमा लुकाई अर्को ठाउँमा लैजान लागेको अवस्थामा उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?