
१२ वैशाख, हुम्ला। उत्तरी सीमावर्ती क्षेत्र नाम्खा गाउँपालिकाका नागरिकाहरूलाई सीमावति क्षेत्रमै पुगेर जिल्ला प्रशासन कार्यालयले अस्थायी सीमा पास वितरण गरेकाे छ।
हुम्लाको उत्तरी सिमा चीनको ताक्लाकोट आउजाउ गर्न अस्थायी सीमापास हुम्लाको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको नेतृत्वमा गएको टोलीले ३७४ जनालाई अस्थायी सिमा पास वितरण गरेको हो।
सदरमुकाममा सिमकोट पुगेर सिमापास लिन सिमावती क्षेत्रका लागि कठिन भएपछि प्रमुख जिल्ला अधिकारी पाण्डेयको टोली सीमा क्षेत्रमा पुगेर अस्थायी सिमापास वितरण गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
हिल्सा नाकामा ६ वटा नयाँ सीमापास ६४ जनाको नविकरण,यारीमा ६ जनाको नयाँ पास, ८६ जनाको नविकरण,तुम्कोटमा १६ जनाको नयाँ अस्थायी सीमापास र ३४ नविकरण,याल्वाङमा ४८ जनाको,नयाँ पास र ११४ जनाको नवीकरण गरि ३७४ जनालाई चिनको ताक्लाकोट जाने अस्थायी सिमापास वितरण गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
भौगोलिक रूपमा सिमकोट पुग्न यहाँ नागरिकलाई असहजता भएपछि शिविरबाट ताक्लाकोट आउजाउ गर्न सिमापास वितरण गरेमको प्रजिअ पाणडेयले बताए ।
हालसम्म जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ५४५ जनाले चीनको ताक्लाकोट आउजाउ गर्न सिमापास लिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ।
प्रतिक्रिया 4