+
+
Shares

राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाए : बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १९:०५

१२ वैशाख, काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पारेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेति गरिरहेको टिप्पणी गरे ।

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही खेती नगरिकन अरु कुनै राजनीतिक मसला नपाएपछि उहाँले गरिरहनुभएको खेति हो । सरकारमा कुनै समस्या छैन,’ उनले भने, ‘उहाँले भ्रम र भय सिर्जना त्यस प्रकारको परिस्थिति निर्माण गर्नुभएको हो । पानीलाई धमिलो बनाउने प्रयत्न प्रचण्डको हो । प्रचण्ड फण्डाबाहेक कांग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनैपनि समस्या छैन ।’

सत्तारुढ दलहरूमा भ्रम र भय सिर्जना गर्न यस्तो परिस्थितिको निर्माणमा केन्द्रित भएको उनको आरोप छ ।

‘कांग्रेस र एमालेबीचको यो सत्ता सहयात्रा ०८४ सम्मै पुग्यो भने माओवादीलाई खोज्नुपर्नै परिस्थिति निर्माण हुँदैछ भन्ने प्रचण्डले बुझ्नुभएको छ । त्यो चिन्ता र भयले गर्दा उहाँ बिहान उठ्ने बित्तिकै यो सरकार ढल्छ भन्नुभएको छ,’ उनले भने, ‘सुत्ने बेला ढल्छ भन्नुभएको छ । एकल बहुमतको लागि हामी ०८४ कुर्छौं । त्यतिबेलासम्म कांग्रेस र एमालेबीचको सत्ता सहयात्रा यही ढंगले अगाडि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?