
१२ वैशाख, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले शुक्रबार २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) लागि रजिस्ट्रेशन फारम भराउने सूचना निकाल्यो। जसमा रजिस्ट्रेशन शुल्क ३ सय र विलम्ब शुल्क ६ सय बुझाउनु पर्ने सूचना बोर्डले जारी गरेको छ ।
‘रजिस्ट्रेशन शुल्क नलिने भनेर मन्त्रीस्तरीय निर्णय भएको हो। साथै प्रधानमन्त्रीको अध्यक्षमा बस्ने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले पनि रजिस्ट्रेशन शुल्क नलिने निर्णय गरेर अर्थ मन्त्रालयमा पठाएको हो,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।
तर, अर्थ मन्त्रालयले स्वीकृत नगरेकाले रजिस्ट्रेशन शुल्न लिर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘१० को रजिस्ट्रेशन शुल्क अर्थ मन्त्रालयको राजश्व खातामा जाने हो । यसअघि बोर्डबाट आगामी वर्ष सोच्न सकिने भनेर निर्णय भएको रहेछ । अब आगामी आर्थिक वर्षको बजेटमा नलिने व्यवस्था आयो भने निःशुल्क हुन्छ । अहिले फाइल अर्थमा पुगेको हो तर स्वीकृत भएन,’ एसईईका परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईले भने ।
मन्त्रालयको उच्च अधिकारीका अनुसार यही शैक्षिक शत्रदेखि नै रजिस्ट्रेशन निःशुल्क गर्ने निर्णय भएको हो । अर्थ मन्त्रालयले पनि गत सोमबारसम्म शुल्क नलिने निर्णय गरेको थियो ।
‘निवर्तमान मन्त्रीज्यूले पहल गरिरहनु भएको थियो । अर्थ मन्त्रालयले गत सोमबारतिर नै निर्णय गर्ने भनेको विषय हो । तर एकाएक आज शुल्क लिने सहितको सूचना आयो,’ मन्त्रालयका ती अधिकारीले भने, ‘निवर्तमान मन्त्रीले गरेका निर्णय उल्ट्याइयो ।’
अर्थमन्त्रालयले स्वीकृत नगरेकाले शुल्क लिन बाध्य भएको बोर्डको तर्क छ । बोर्डका अनुसार कक्षा १० बाट करिब १८ करोड राजश्व उठ्ने गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न तत्कालीन मन्त्री विद्या भट्टराईले रजिस्ट्रेशन शुल्क नलिने निर्णय गरेकी थिइन् ।
उनले अघिल्लो शत्रमा नै लागु गर्न खोजेकी थिइन् । तर, अर्थमन्त्रालयकै कारण अबको शत्रबाट मात्र शुल्न नलिने गरी निर्णय गरेकी थिइन् ।
प्रतिक्रिया 4