+

निर्मला र मनकुमारले जिते एभरेष्ट भ्यु ट्रेल रेसको उपाधि

२०८२ वैशाख  १२ गते २१:३५ २०८२ वैशाख १२ गते २१:३५
निर्मला र मनकुमारले जिते एभरेष्ट भ्यु ट्रेल रेसको उपाधि

१२ वैशाख, काठमाडौं । निर्मला राई र मनकुमार रोका मगरले एभरेष्ट भ्यु ट्रेल रेसको उपाधि जितेका छन् ।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा शुक्रबार भएको रेसमा निर्मला महिलातर्फ र मन कुमार पुरुषतर्फ विजेता बनेका हुन् ।

महिलातर्फ विजेता खोटाङकी निर्मलाले निर्धारित दूरी ६ घण्टा १२ मिनेटमा पूरा गरिन् । गत वर्ष दोस्रो भएकी निर्मलाले यस पटक प्रदर्शनमा सुधार गर्दै पहिलो भइन् । यस्तै दोस्रो भएकी नेपाल पुलिस क्लबकी लाक्पा निमा शेर्पाले ६ घण्टा १४ मिनेट समय लगाइन् । पुर्णिमा राई तेस्रो भइन् ।

पुरुषतर्फ रोल्पाका मन कुमारले निर्धारित ४७ किमी दूरी ४ घण्टा ४१ मिनेट १३ सेकेण्डमा पूरा गरे ।

यस्तै नेपाल आर्मीका गोपाल तामाङ दोस्रो तथा आर्मीकै गोविन्द कार्की तेस्रो भए । गोपाले ४ घण्टा ५४ मिनेट ३० सेकेण्ड तथा गोविन्द्रले ४ घण्टा ५८ मिनेट ४५ सेकेण्ड समयमा दूरी पूरा गरे ।

विजेता निर्मला र मन कुमारले नगद १-१ लाख पुरस्कार प्राप्त गरे । यस्तै महिला र पुरुष दुवैमा दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार पुरस्कार पाए ।

गत वर्षदेखि माप्य दुधकोशी गाउँपालिकाले एभरेष्ट भ्यु ट्रेल रेस आयोजना गर्दै आएको छ ।

एभरेष्ट भ्यु ट्रेल रेस निर्मला राई मनकुमार रोका मगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय