+
+
Shares

टीम मेलिनाका रोशन राई ‘भ्वाइस’को फिनालेमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते २२:१६

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनमा अहिले ‘लाइभ राउण्ड’ चलिरहेको छ । शुक्रबार प्रसारित एपिसोडबाट टिम मेलिना राईबाट रोशन राई फाइनलिस्ट बनेका छन् ।

टीम मेलिनाबाट सार्थक लामा बाहिरिए । अन्तिम चारको राउण्डमा गतसाता उदय सोताङको समूहबाट अर्पणा आचार्य र राजु लामाको समूहबाट प्रमेश राई प्रवेश गरिसकेका छन् ।

शनिबारको एपिसोडबाट थप एकजना फिनालेमा प्रवेश गर्नेछन् । त्यसपछि भ्वाइसको छैटौं सिजनले अन्तिम चार अर्थात फिनालेको समीकरण पुरा गर्नेछ ।

शनिबारको एपिसोडबाट कोच खेम सेन्चुरीको टीमबाट इन्द्रकला राई र प्रोसेस पाण्डेमध्ये एकजना फिनालेमा प्रवेश गर्नेछन् । फिनाले बैशाख १९ गते शुक्रबार आयोजना हुँदैछ, जहाँ सिजनको विजेता घोषणा गरिनेछ ।

दर्शकीय भोटको आधारमा विजेता चयन हुनेछन् । ‘भ्वाइस अफ नेपाल’ हिमालय टिभीमा प्रत्येक साता शुक्रबार र शनिबार प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?