+
+
Shares

निखिलको एक्सन फिल्म ‘आचार्य’बाट डेब्यु गर्दै उषा उप्रेती

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते २२:३१
बायाँबाट क्रमशः निखिल, उषा र संचिता ।

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेतीले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । निखिल उप्रेतीले निर्देशन र निर्माण गर्न लागेको फिल्म ‘आचार्य’मा उनी अनुबन्धित भएकी छन् ।

सामाजिक संजालमा निखिल र अभिनेत्री संचिता लुइँटेलसँगको फोटो सेयर गर्दै उप्रेतीले यसबारे जानकारी दिएकी छन् । ‘नयाँ यात्रा सुरु हुन्छ । साहसिक यात्रा पर्खिरहेको छ’ उनी लेख्छिन् ।

फिल्ममा उनको भूमिका र चरित्र चित्रणबारे थप खुलाइएको छैन । अभिनेता निखिल उप्रेतीले चैतमा ‘आचार्य’ शीर्षकमा फिल्म निर्माणको इजाजत लिएका थिए । उषा म्युजिक भिडियोकी चर्चित मोडल हुन् ।

उनको फेसबुक पोस्ट हेर्दा डेब्युलाई लिएर उनी उत्साहित देखिएकी छन् । निखिलले यो फिल्म आफ्नो स्वप्न प्रोजेक्ट हुने बताइसकेका छन् । केही दिनअघि उनले पोखराको साराङकोटमा प्याराग्लाइडिङ गर्ने ठाउँको लोकेसन खोजी गरेको भिडियो सार्वजनिक भएको थियो ।

यसको अर्थ, निखिलले फिल्ममा एरियल एक्सन दृश्य समेट्नेछन् । यदि यसो हो भने, यो निकै प्रतीक्षित एक्सन फिल्म हुनेछ । यसका लागि निखिलले दक्षिण भारतीय एक्सन कोरियोग्राफरसँग सहकार्य गर्ने बुझिएको छ । यो फिल्मको छायांकन जेठबाट सुरु गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?