१३ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी १०औं मणिमुकुन्द कप इण्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।
साँझ ५ बजे हुने फाइनल खेलमा गल्कोट भलिबल क्लब र भारत गुजरातको साग भलिबल एकेडेमीबीच उपाधिका लागि भिडन्त हुनेछ ।
गलकोटले शुक्रबार भएको अन्तिम सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
पहिलो सेमिफाइनलमा गुजरातको सागले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गरेको हो । गुजरात २५-२१, २५-२० र २५-१८ को सोझो सेट विजयी भएको हो ।
गल्कोटले आर्मीलाई ३-१ को सेटमा पराजित गर्यो । गल्कोट २५–१८, २३–२५, २५–१४ र २५–२२ विजयी भयो ।
तेस्रो स्थानका लागि हुने खेल आज दिउँसो ३ बजे सुरु हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका निवर्तमान अध्यक्ष मिलान रानाले बताए ।
प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १११ रुपैयाँ तथा दोस्रोले दुई लाख ११ हजार १११ रुपैयसँ प्राप्त गर्नेछ ।
तेस्रो टोलीले एक लाख ११ हजार १११ रुपैयाँ र चौथो टोलीले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया 4