+
+
Shares

शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते ९:२०

१२ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघबीच आज बिहानै वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको हो ।

शुक्रबार दिउँसो तीन तीन बजे बस्ने भनिएको वार्ता भाँडिएपछि आज बसेको हो ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । सोही अनुसार मन्त्रालयले वार्ताबाट माग सम्बोधनको प्रयास गरेको हो ।

शिक्षकहरूले गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् ।

लामो समय शैक्षिक हड्ताल हुँदा सामुदायिक विद्यालयको पढाइ प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?