+
+
Shares

कांग्रेस नेता तीर्थराम डंगोलको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते १०:४५

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ ।

७७ वर्षीय डंगोलको शुक्रबार राति निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए । उनको उपचारकै क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो ।

डंगोल कांग्रेस काठमाडौँको कोषाध्यक्ष, जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको उपमेयरसमेत भएका थिए ।

२०६२/६३ को जनआन्दोलनका बेला डंगोल काठमाडौंमा कमाण्डर थिए ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने मुख्य सचिव पौडेलले बताए ।  त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिनेछ ।

डंगोलको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?