+
+
Shares

आइतबारदेखि विद्यालय अनिवार्य खोल्न रोहिणी गाउँपालिकाको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते ११:५५

१३ वैशाख, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाले अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

२०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन गाउँपालिकाले निर्देशन दिएको हो ।

गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले १४ गतेदेखि शिक्षकहरुलाई अनिवार्य रुपमा उपस्थिति भई नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत कार्यसहित नियमित रुपमा पठनपाठन अगाडि बढाउन निर्देशित गरिएको बताए ।

यो निर्देशनको अवज्ञा गर्ने शिक्षक, कर्मचारीलाई क्षेत्राधिकारभित्र रही आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष यादवले बताए ।

‘नेपाल शिक्षक महासंघको नेतृत्वमा २०८१ चैत २० गतेदेखि निरन्तर शिक्षक कर्मचारी आन्दोलन रहेको छ । लामो समयको आन्दोलनले गर्दा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक भविष्यमा प्रत्यक्ष प्रतिकूल प्रभाव परिरहेको अवस्था छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?