+
+
Shares

माओवादीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पनि आशा राखेका छन् : सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते १५:००

१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले आफ्नो पार्टीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले समेत आशा राखेको टिप्पणी गरेका छन् ।

उनले भू–मण्डल नै थर्काउनेगरी विचार र कार्यक्रम अघि बढाउनुपर्ने तर्क समेत गरेका छन् ।

राजधानीमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले ठोस स्थितिको ठोस विश्लेषण गरेर अघि बढ्नुपर्ने जिकिर गरे ।

‘यो सरकार त समाप्त हुँदैछ । अब सिंगो राष्ट्रको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ,’ पूर्वसभामुख समेत रहेका सापकोटाले भने, ‘अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पनि हामीमाथि नै आशा राखेको छ । भोलि हामीले भूमण्डल नै थर्काउने गरी अभियान अघि बढाउनुछ ।’

उनले अहिले आफ्नो पार्टी लोकप्रिय भएको पनि दाबी गरे । सापकोटाले वर्तमान सरका संवैधानिक नैतिकता विपरित बनेकोले यसको औचित्य नभएको बताए ।

‘संवैधानिक नैतिकता विपरित बनेको यहो सरकार हो,’ सापकोटाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?