१३ वैशाख, काठमाडौं । नेपाल पुलिस क्लबले पहिलो पटक केएनपी नेरोल्याक शेर बहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ ।
शनिबार भएको आठाैं संस्करणको फाइनलमा पुलिसले ६ पटकको विजेता एपीएफलाई सोझो सेटमा हरायो ।
राखेप कभर्डहलमा शनिबार भएकाो फाईनलमा पुलिसले एपिएफलाई २५-१५, २५-२३, २६-१६ ले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो ।
शेर बहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा ५ टिम सहभागी थिए ।
प्रतिक्रिया 4