+

टिकाथली बक्सिङ क्लबको उद्घाटन

२०८२ वैशाख  १३ गते २०:१४ २०८२ वैशाख १३ गते २०:१४
टिकाथली बक्सिङ क्लबको उद्घाटन

१३ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ स्थित चाङगाथलीमा टिकाथली बक्सिङ क्लबको शनिबार उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठले क्लबको एक कार्यक्रमबीच उद्घाटन गरे ।

तीन आना २ पैसा क्षेत्रफलमा निर्माण गरिएको २ तले भवनको लागत ५२ लाख रुपैयाँ रहेको महालक्ष्मी नगरपालिका वडा ७ का अध्यक्ष बाबुराज महर्जनले जनाएका छन् । बाँकी १ तला आ.व. २०८२÷८३ मा निर्माण गरिने पनि अध्यक्ष महर्जनले जानकारी गराए ।

क्लबको प्रशिक्षकमा दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता रामचन्द्र थापा, प्रभु दास, विनोद कुँवर र सुवर्ण सापकोटा रहेका छन् ।

उद्घाटनका अवसरमा क्लब निर्माणका लागि जग्गा दान गर्ने लालबहादुर महर्जन तथा क्लबलाई खेल सामाग्री सहयोग गर्ने अस्त कवे, श्याम कवे, मधुसुदन बुढाथोकी र उमेश रिजाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उप मेयर लक्ष्मी महर्जन, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णु सिंह, नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारी, बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधरलगायतको उपस्थिति रहेको थियो ।

टिकाथली बक्सिङ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय