+
+
Shares

कश्मीरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते १८:४५

१३ वैशाख, काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) ले २२ अप्रिलमा जम्मु–कश्मीरमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ ।

आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

अप्रिल २५ मा जारी गरिएको प्रेस विज्ञप्तिमा काउन्सिलका अध्यक्ष फ्रान्सका जेरोम बोनाफन्टले पीडित भारत र नेपाल सरकार तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

आक्रमणले विश्वव्यापी आक्रोश निम्त्याएको जनाउँदै यूएनएससीले अपराधीहरूलाई न्यायको कठघरामा ल्याउने तत्कालीन आवश्यकतामा जोड दिएका छन् ।

आतंकवाद विश्वव्यापी शान्ति र सुरक्षाका लागि खतरा भएको परिषद्ले उल्लेख गरेको छ ।

विज्ञप्तिमा कुनै पनि निर्दोष नागरिकहरूलाई लक्षित गरी आक्रमण गर्न नहुने विषयमा जोड दिएको छ । यूएनएससीले जम्मु र कश्मिरको द्वन्द्वको प्रभावले आतंकवादी गतिविधिहरूमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ता थपिएको जनाइएको छ ।

आक्रमण प्रतिको जवाफदेहीतामा जोड दिँदै यूएनएससीले आक्रमणका जिम्मेवारहरू विरुद्ध निर्णायक कारबाही गर्न आह्वान गरेको छ ।

विज्ञप्तिमा न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानुन र विद्यमान सुरक्षा परिषद्को प्रस्ताव अन्तर्गत सहयोग गर्न सबै राष्ट्रलाई आग्रहसमेत गरिएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मानव अधिकार र मानवीय दायित्वहरू लगायत अन्तर्राष्ट्रिय कानूनको आधारमा आतंकवादसँग लड्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ ।

संयुक्त राष्ट्रको बडापत्रलाई आत्मसात् गर्दै परिषद्ले मौलिक स्वतन्त्रताको रक्षा गर्दै सुरक्षा खतराहरूलाई सम्बोधन गर्न कानुनी र समन्वित उपायहरूको आवश्यकतालाई जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?