+
+
Shares

शिक्षामन्त्रीलाई विश्वप्रकाशको सुझाव- आफैंले हालेको संशोधन पल्टाउनुस्, समाधान निस्कन्छ

उक्त संशोधनका विषयहरू हेर्नासाथ शिक्षकहरूले उठाएका विषय समाधान गर्न सहज हुने सांसद समेत रहेका महामन्त्री शर्माको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते १९:०३

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई विद्यालय शिक्षा विधेयकमा आफैंले हालेको संशोधन पल्टाएर अध्ययन गर्न सुझाव दिएका छन् ।

विद्यालय शिक्षा ऐन माग गर्दै आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नुपर्ने ठाउँमा पुगेका शिक्षामन्त्री पन्तलाई आफू सांसद हुँदा उक्त विधेयकमाथि राखेको संशोधन पढ्न शर्माले आग्रह गरेका हुन् ।

‘अहिले शिक्षामन्त्री बन्नुभएका रघुजी पन्तले शिक्षा विधेयकमाथि जे संशोधन हाल्नुभएको थियो । त्यही पल्टाएर पढ्न म आग्रह गर्छु,’ शर्माले अनलाइनखबरसँग कुराकानी गर्दै भने, ‘संशोधन हाल्ने बेलामा उहाँ सांसद हुनहुन्थ्यो । अहिले मन्त्री भएको बेलामा मन्त्री भएँ भन्दैमा त्यो कन्टेन्ट त फेरिएको छैन नि ।’

उक्त संशोधनका विषयहरू हेर्नासाथ शिक्षकहरूले उठाएका विषय समाधान गर्न सहज हुने सांसद समेत रहेका महामन्त्री शर्माको भनाइ छ ।

‘शिक्षामन्त्रीजीले आफू सांसद मात्रै रहेको बेलामा जे संशोधन हाल्नु भएको थियो । त्यो हेर्नेबित्तिकै समाधानका विषय त्यहाँ छन्,’ शर्माले भनेका छन् ।

शर्मासहित अर्का महामन्त्री गगन थापाले आज (शनिबार) मात्रै नेपाल शिक्षक महासंघका नेताहरूसँग संवाद गरेका थिए ।

संवादका क्रममा उनीहरूले सरकार र महासंघ दुवैले एक आपसमा केही सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू आफ्ना माग पूरा नभएसम्म विद्यालय नफर्कने अडानमा छन् ।

नयाँ शैक्षिक सत्र सुरु भइसकेपछि पनि शिक्षकहरूले आन्दोलन जारी राखेपछि सर्वोच्च अदालतले विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश समेत जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?