+
+
Shares

जब एक युट्युबरले इलन मस्कको बच्चा जन्माउने प्रस्ताव अस्वीकार गरिन्…

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते १९:१४
तस्वीर : अमर उजाला

विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्क प्रायः विवादमा परिरहेका हुन्छन् । आम रुपमा उनी आफ्ना उटपट्यांग निर्णयहरूका कारणबाट विवादमा पर्छन् । तर यसपटक भने विवादको जड उनको बच्चा जन्माउने सनक बनेको छ ।

उनले एकजना सोसल मिडिया सेलिब्रेटी महिलासँग आफ्नो बच्चाको आमा बनिदिन आग्रह गरेका थिए । तर मस्कको गर्भ बोक्नका लागि ती महिलाले अस्वीकार गरेपछि मस्कले उनको सोसल मिडिया अकाउन्ट एक्सलाई निस्तेज नै पारिदिए ।

द वालस्ट्रिट जर्नलका अनुसार एलन मस्कले क्रिप्टो इन्फ्लुएन्सर तथा युट्युबर टिफानी फोंगसँग के तिमी मेरो बच्चा जन्माउन चाहन्छौं भनेर सिधा रुपमा सोधेका थिए । फोंगले मस्कको उक्त प्रस्ताव पूर्ण रुपमा खारेज गरिदिइन् ।

स्मरण रहोस् फोंग क्रिप्टोको दुनियाँमा एक चर्चित नाम हो । उनको एक्स अकाउन्टमा ३ लाख ३५ भन्दा धेरै फलोअर्स छन् र युट्युबमा ४८ हजार भन्दा धेरै सब्सक्राइबर छन् । उनले ँत्ह् का साम बैंकम्यान फ्राएड लगायतका कैयन् विवादास्पद क्रिप्टो हस्तीहरुसँग अन्तरवार्ता पनि लिएकी छिन् ।

इलन मस्क र फोंगबीच गतवर्षबाट सोसल मिडिया प्लाटफर्म एक्समै कुराकानीको सुरुवात भएको थियो । मस्कले प्रायः फोंगका पोस्टमा लाइक तथा रिप्लाई गर्थे । त्यसबाट फोंगको लोकप्रियता तिव्र रुपले बढ्यो । एक समय त यस्तो पनि आयो कि उनले आफ्नो एक्स प्लाटफर्ममा विज्ञापनबाटै दुई हप्तामा २१ हजार डलरसम्म कमाइन् ।

यसैबीच गत २०२४ को नोभेम्बरमा मस्कले फोंगलाई अचानक एउटा प्राइभेट मेसेज पठाए । त्यसमा उनले फोंगलाई म सँगको सम्बन्धबाट बच्चा जन्माउन सक्छौ ? भनेर सोधेका थिए । त्यस्तो अनौठो प्रस्तावका कारण फोंग हैरान भइन् । किनकि उनीहरू दुईजना बीच कहिल्यैपनि प्रत्यक्ष रुपमा भेटघाट नै भएको थिएन । फोंगले मस्कको उक्त प्रस्ताव ठाडै अस्वीकार गरिन् । जो सुकै पुरुषको बच्चाको आमा बन्नुको साटो आफूलाई एक पारम्परिक पारिवारिक संरचनामा विश्वास रहेको उनले जवाफ दिइन् ।

समाचार अनुसार फोंगले मस्कको बच्चाको आमा बन्ने प्रस्ताव अस्वीकार गरेसँगै मस्कले उनलाई एक्समा अनफलो गरे । साथै आफूसँगको च्याटलाई फोंगले अरुसँग शेयर गरेको कुरामा पनि असन्तुुष्टि व्यक्त गरे । त्यसपछि फोंगको एक्स अकाउन्टका पोस्टमा अन्य प्रयोगकर्ताको इन्गेजमेन्ट ह्वात्तै घट्यो र विज्ञापनबाट हुने आम्दानीमा तीव्र गिरावट आयो ।

समाचार अनुसार इलन मस्कको त्यस्तो प्रस्ताव फोंगमात्र पहिलो महिला होइनन् । यसअघि एस्ले सेन्ट क्लेयर नामकी एक महिलाले पनि मस्कले आफूसँगबाट एउटा बच्चा जन्माएको दाबी गरेकी थिइन् ।

मस्कले क्लेयरलाई उनीहरुबीचको सम्बन्धलाई गोप्य राख्नका लागि एकमुस्ट डेढ करोड डलर वा मासिक १ लाख डलर दिने प्रस्ताव पनि राखेका थिए ।

एलन मस्कले अहिलेसम्म विभिन्न ४ महिलाबाट १४ भन्दा धेरै बच्चा जन्माइसकेका छन् । विश्वमा जनसंख्या घटिरहेको हुँदा मानव सभ्यता जोगाउनका लागि पनि धेरै बच्चा जन्माउनुपर्ने उनको मत छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?