१३ वैशाख, काठमाडौं । नेपाल पुलिस क्लबकी कामना विष्ट आठौं केएनपी नेरोल्याक शेर बहादुर खड्का राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
पुलिसलाई पहिलो पटक प्रतियोगिताको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी कामना सर्वोत्कृष्ट बनेकी हुन् । कामनाले ५० हजार नगद पुरस्कार पाइन् । कामनाले काठमाडौं-बैंकक-काठमाडौंको हवाइ टिकट पनि हात पारिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार भएको फाइनलमा पुलिसले ६ पटकको विजेता एपीएफलाई सोझो सेटमा हराएर च्याम्पियन बनेको हो ।
पुलिसले एपीएफलाई २५–१५, २५–२३, २५–१६ ले हरायो । पुलिसले उपाधि जित्दा कुनै पनि सेट गुमाएन ।
यस्तै विधागततर्फ पनि पुलिसकै वर्चस्व रह्यो । पुलिसकी पुनम चन्द उत्कृष्ट ब्लकर, कमला पुन उत्कृष्ट सेटरक, शान्तिकला तामाङ उत्कृष्ट लिबेरो र रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए ।
यसैगरी एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर र पूजा चौधरी उत्कृष्ट सर्भर चुनिए । विधागत उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए ।
प्रतिक्रिया 4