+
+
Shares

अनलाइनखबरकर्मी आलेलाई ‘आर्थिक फोटो पत्रकारिता अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते २१:५७

१३ वैशाख, काठमाडौं । अनलाइनखबरका फोटो पत्रकार चन्द्रबहादुर आले ‘ग्लोबल आईएमई बैंक आर्थिक फोटो पत्रकारिता अवार्ड’ बाट सम्मानित भएका छन् ।

शनिबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७औं स्थापना दिवसको अवसरमा आयोजित समारोह तथा पाँचौ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५’ मा आलेलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यस्तै राष्ट्रिय फोटो पत्रकार समूह नेपालल विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने फोटो पत्रकारहरूलाई सम्मान गरेको छ ।

फोटो पत्रकारहरूलाई सभामुख र ऊर्जामन्त्रीले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

समारोहमा नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्ड नयाँ पत्रिकाका दीपेन्द्र ढुंगानाले प्राप्त गरे । पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्र दैनिककी कविता थापाले जितिन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्ड द हिमालयन टाइम्सका स्कन्द गौतमले पाए ।

डिश होम इन्टरनेट खेलकुद फोटो पत्रकारिता अवार्ड उदिप्त सिंह क्षेत्रीलाई प्रदान गरियो । कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड नेपाल आर्मीका फोटो पत्रकार राजिब हेन्गाजुले जिते ।

एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड गोरखापत्र अनलाइनका मनोजरत्न शाहीलाई प्रदान गरियो ।

राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्ड अन्नपूर्ण पोस्ट डटकमका अभिषेक महर्जनले पाए ।

प्रदेशस्तरमा समेत उत्कृष्ट फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो। गुर्खाज फाइनान्स कोशी प्रदेश फोटो पत्रकारिता अवार्ड रासस संखुवासभाका सुजन बज्राचार्यले पाए ।

मधेश प्रदेशतर्फ यात्रा डेलीका राम सर्राफ, बागमती प्रदेशतर्फ राससका नबिन पौडेल, गण्डकी प्रदेशबाट परिचय डटकमका प्रेम थापा, लुम्बिनी प्रदेशतर्फ कान्तिपुर दैनिकका माधव प्रसाद अर्याल, कर्णाली प्रदेशतर्फ हिमालय टेलिभिजनका अमृत कुमार बुढाथोकी र सुदूरपश्चिम प्रदेशतर्फ लोकेश साउदले अवार्ड जित्न सफल भए ।

समारोहमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्‍याएका वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

त्यस्तै, संस्थाका आजीवन सदस्य स्वर्गीय चुङ्बा शेर्पालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?