+

एनएसएल : ललितपुरको च्याम्पियन शैली (फोटोफिचर)

२०८२ वैशाख  १३ गते २२:०७ २०८२ वैशाख १३ गते २२:०७
एनएसएल : ललितपुरको च्याम्पियन शैली (फोटोफिचर)

१३ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको लगातार दोस्रो उपाधि हात पारेको छ । शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करण पनि आफ्नै हातमा पारेको हो ।

यसअघि दोस्रो संस्करण जितेको ललितपुरले अपराजित रहँदै च्याम्पियन बनेको हो ।

निकै रोचक बनेको फाइनल खेल हेर्न रंगशालामा दर्शकहरूको बाक्लो उपस्थिति थियो । शनिबार बिदाको दिन पारेर भएको खेल हेर्न दर्शकहरू भरिभराउ थिए ।

योसँगै ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । यस्तै एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम पनि ललितपुर नै बनेको छ ।

उपाधि हात पारेपछि ललितपुर एफसीको सेलिब्रेसन, केही तस्वीरहरू :

एनएसएल
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय