
काठमाडौं । इन्द्रकला राई ‘भ्वाइस अफ नेपाल’ छैटौं सिजनको प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । शनिबार प्रसारित सेमिफाइनलको एपिसोडबाट कोच खेम सेन्चुरी समूहका तर्फबाट प्रोसेस पाण्डे फिनालेमा प्रवेश गरे ।
यस सँगै भ्वाइसको यस सिजनले ४ जना फाइनलिस्ट प्राप्त गरेको छ ।
टीम उदय सोताङबाट अर्पणा आचार्य, टीम राजु लामाबाट प्रमेश राई र टीम मेलिना राईबाट रोशन राई यसअघि नै फिनालेमा प्रवेश गरिसकेका छन् ।
यीमध्ये एकजनाले आगामी शुक्रबार हुने ग्राण्ड फिनालेमा उपाधि जित्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4