+
+
Shares

ओली-देउवाबीच बालुवाटारमा दुई घन्टा वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते ०:०८
फाइल तस्वीर ।

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै २ घन्टा दुई नेताबीच छलफल भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार, दुई नेताबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छालफल भएको हो । विशेषगरी पछिल्लो पटक सरकार ढल्ने भन्दै भएका प्रचार र उक्त भ्रम चिर्नेगरी दुई नेताबीच छलफल भएको पौडेल बताउँछन् ।

`सरकार ढल्छ भन्ने भ्रमपूर्ण प्रचारको कुनै तुक छैन, बाहिर भएको हल्लाजस्तो केही छैन भन्ने नै दुवै नेताबीच मोटामोटी सहमति छ,´ अर्थमन्त्री पौडेलले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्री ओली र सभापति देउवाले हिजोबाट सुरू भएको संसदको बजेट अधिवेशनबारे पनि छलफल गरेका छन् ।

आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा, बजेट निर्माण, गभर्नर नियुक्ति लगायतका विषयमा उनीहरूबीच छलफल भएको थियो ।

उनीहरू साढे ७ बजेदेखि साढे ९ बजेसम्म छलफलमा बसेका थिए ।

पौडेलले भने, `बाहिर भएका हल्लामा सत्यता छैन, सरकारले गम्भीर भएर जनताको हितको पक्षमा काम गर्ने र आवश्यक सहजीकरण दुवै दलले गर्ने भन्नेमा दुवै नेता एकमत देखिनुहुन्छ ।´

देउवा थाइल्यान्ड भ्रमणमा हुँदा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले सरकार ढल्ने दाबी गरिरहेका थिए ।

देउवाले हिजो विमानस्थलबाटै सरकारबारे स्पष्टीकरण दिनुपरेको थियो ।

लगत्तै आज प्रधानमन्त्री ओलीसङ्ग भेटेर थप मजबुत भएर काम गर्न आफू तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?