+
+
Shares

५ वटा विधेयक अघि बढाउँदै प्रतिनिधि सभा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १०:१६

१४ वैशाख, काठमाडौं । प्रतिनिधि सभाले आइतबार विभिन्न ५ वटा विधेयक अगाडि बढाउँदैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्दैछन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्दैछन् ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?