
१४ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी संसद्लाई गराउँदै छन् । सांसद राई शनिबार साँझ पक्राउ परेकी थिइन् ।
उनी पक्राउ परेको सूचना संघीय संसद सचिवालय पुगिसकेको छ । सोही सूचना आइतबार सभामुख घिमिरेले सभामा सुनाउँदैछन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउको जानकारीसम्बन्धी व्यवस्था छ ।
कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ ।
बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पाटीमा सोको सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ ।
यसअनुसार सभामुख घिमिरेले सांसद राइ पक्राउ परेको जानकारी सभामा गराउन लागेका हुन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।
प्रतिक्रिया 4