+
+
Shares

राप्रपालाई एमाले सांसदको प्रश्न – श्री ५ फर्किन्छ भने श्री ३ किन फर्किंदैन ?

पशुपति शमशेर जंगबहादुर राणालाई श्री ३ को रुपमा प्रस्तुत गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १२:०१

१४ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले जननिर्वाचित संविधान सभाले राजतन्त्र समाप्त गरेको ख्याल गर्न सुझाएका छन् । प्रतिनिधि सभाका बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई यस्तो आग्रह गरेका हुन् ।

नेपालबाट श्री ३ र श्री ५ कसरी समाप्त भयो भन्ने बुझ्न उनको सुझाव छ ।

‘त्रिभुवन, नेहरु र मोहन शमशेरको बीचमा सम्झौताबाट नेपालबाट श्री ३ बिदा भयो । २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधान सभामार्फत नेपालबाट राजतन्त्र समाप्त भयो । श्री ५ समाप्त भयो’, सांसद रिजालले स्मरण गरे ।

यहाँनेर राप्रपालाई सांसद रिजालको प्रश्न छ । ‘जनताको प्रतिनिधिहरूले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताको आधारमा बिदा गरेको श्री ३ किन फर्किंदैन ?’

ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई श्री ५ बनाउने भन्ने राप्रपाले मोहन शमशेरका नाति पशुपति शमशेरलाई श्री ३ बनाउने भनेर न्याय किन नगर्ने भन्दै व्यङ्ग्य गरे ।

‘ज्ञानेन्द्रको नाति हृदयेन्द्र उहाँलाई श्री ५ फर्काउने भए मोहन शमशेरको नाती पशुपति शमशेर जंगबहादुर राणालाई पनि श्री ३ फर्काउनुपर्‍यो । राप्रपाले उहाँलाई पनि न्याय गराउनुपर्‍यो’, सांसद रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?