+
+
Shares

डेमी मूर संसारकै सुन्दर महिला घोषित

नेपाल आएर बेचिएका चेलीलाई भेटेकी थिइन्

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १२:३२

काठमाडौं । ६२ वर्षिया दिग्गज हलिउड अभिनेत्री डेमी मूर सन् २०२५ मा संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छन् । प्रतिष्ठित पिपल म्यागजिनले उनलाई सुन्दर महिला घोषित गर्दै आवरण पृष्ठमा समावेश गरेको छ ।

म्यागजिनसँगको विशेष अन्तर्वार्तामा उनले बुढ्यौली, आत्मसम्मान र हलिउडमा पुनरागमनबारे कुरा गरेकी छन् । एन्जेलिना जोली, बियोन्से, जेन्डाया, कार्दसियन्स, टेलर स्विफ्ट र हदिद दिदीबहिनीको वर्चस्व रहँदै आएको सूचीमा यसपटक मूरले स्थान लिएकी हुन् ।

मूरले अस्करदेखि गोल्डेन ग्लोब अवार्ड पनि जितेकी छन् । यस सिजनमा सबैले अपेक्षा गरेजस्तो मूरले ओस्कार जित्न सकिनन्, तर उनी लोकप्रिय रोजाइ थिइन् । यद्यपि उनले विश्वको सबैभन्दा सुन्दर महिलाको रूपमा उपाधि भने जितिन् ।

यो सम्मान प्राप्त गर्ने उनी सबैभन्दा जेठी मध्ये एक हुन् र पत्रिकाको डिजिटल कभरमा एक अन्तर्वार्ताको साथ देखा परेकी छन्, जसमा उनी यो उमेरमा पनि कसरी शारिरीक निपुणता कायम राख्दै बुढ्यौलीका चुनौतीहरूको सामना गर्छिन् भन्ने बारेमा केन्द्रित छिन् ।

म्यागजिनले मे ५ यो विशेषांक ल्याउँदैछ । जसको कभरमा मूरले आफ्नो शैलीलाई दर्शाउने रोयल ब्लु पोशाक लगाएर आवरणमा सजिएकी छन् । यसबाहेक अभिनेत्री मूर समाजसेवामा पनि सक्रिय छिन् ।

उनी सन् १९९० को दशकका चर्चित हलिउड फिल्महरु घोस्ट, डिस्क्लोजर, अफ फिउ गुड मेनजस्ता फिल्मका लागि परिचित छन् । उनी सन् २०१४ को अप्रिलमा नेपाल आएकी थिइन् ।

भारतमा बेचिएका चार जना नेपाली चेलीलाई उद्धारपछि भैरहवा ल्याइएका थियो र त्यहाँ पुगेर डेमीले उनीहरुलाई भेटिन् । उनले बुद्ध जन्मथलो लुम्बिनी समेत घुमिन् । माइती नेपालमा केही घण्टा बिताएर उनले चेलीबेटी बेचबिखनको अवस्थाबारे बुझेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?