+
+
Shares

५५ माझी परिवार बस्ने बस्ती लिलाम हुन लाग्यो : सांसद माझी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १२:३५
माझी बस्ती/फाइल तस्वीर

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले सिन्धुपाल्चोकका ५५ घर माझी परिवार लिलाम हुन लागेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले माझी परिवार विस्थापित हुनपर्ने अवस्थामा पुग्न लागेको भनेर ध्यानाकर्षण गरेकी हुन् ।

‘स्वेता खड्का कलाकारको हिसाबले सम्मानित व्यक्ति हो,हामी पनि उहाँको सम्मान गर्छौ । तर उहाँले कर्तव्य निर्वाह नगरेका कारण आज सिंगो माझी बस्ती कालोसूचीमा परेर लिलाम हुने अवस्थामा पुगेको छ,’ सांसद माझीले भनिन् ।

सांसद माझीले अगाडि भनिन्, ‘उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो, जनसेवा देखाउन खोज्नुभयो । तर त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ ।’

नायिका खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेसनमार्फत अभियान चलाएकी थिइन् ।

चौतारा साँगाचोकगढी नगरपालिका ११ को माझी बस्ती बनाउन स्वेता खड्का फाउन्डेसनमार्फत घर निर्माण गरिएको तर उनले बीचमै छाडेर हिँडेपछि ५५ घरधुरी बैंकको कालोसूचीमा परेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?