+
+
Shares

सुर्खेतमा आधारभूत भाषिक तथा गणितीय सीप सुधार सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १२:५५

१४ वैशाख, सुर्खेत । आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी प्रदेशस्तरीय सम्मेलन सुर्खेतमा सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र स्ट्रीट चाइल्ड अफ नेपालको संयुक्त आयोजना तथा हेम्पेल फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालन भएको सम्मेलनमा कर्णाली प्रदेश बिभिन्न जिम्लाबाट जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख, शिक्षक र शिक्षामा काम गर्ने संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

आधारभूत भाषिक तथा गणितीय सीपको महत्व तथा सिकाइ परीक्षणका नतिजाबारे छलफल एवं जानकारी गराउने, सुधार केन्द्रित गरिएका असल अभ्यासहरुमा छलफल गर्ने, सिकाइ स्तरमा आधारित शिक्षण रणनीति र कार्यान्वयन प्रक्रिया र प्रभावका बारेमा जानकारी गराउने, प्रदेश तथा स्थानीय सरकार तथा सरोकारवालाहरुलाई स्रोत साधन परिचालन र आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी क्रियाकलापको प्राथमिकीकरण र विस्तारबारे उत्प्रेरित गर्दै पैरवी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा आधारभूत भाषिक तथा गणितीय सीपको महत्व, बिभिन्न अध्ययनका नतिजा तथा सरकारी एवं गैरसरकारी क्षेत्रबाट भएका असल अभ्यास र सिकाईहरुको बारेमा प्रस्तुतीकरण समेत गरिएको थियो ।

सम्मेलनमा आधारभूत भाषिक तथा गणितीय सीप सुधारकेन्द्रित प्यालन छलफल समेत गरिएको थियो ।

प्यालन छलफलमा सामाजिक विकास मन्त्रालय शैक्षिक विकास महाशाखा प्रमुख सुबर्णकुमार खड्का, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक टुकराज अधिकारी, गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष निम बहादुर केसी, गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना विक र चौकुने गाउँपालिका सुर्खेतका शिक्षा प्रमुख टेकेन्द्रबहादुर बुढाको सहभागिता रहेको थियो ।

आधारभूत भाषिक तथा गणितीय सीप सुधारका लागि संघीय, प्रदेश र स्थानीय स्तरमा गरिएका पहल, अभ्यास, नतिजासँगै अवको प्राथमिकीकरण तथा अवसरहरू माथि केन्द्रित रहेर अन्तरक्रिया गरिएको थियो । जसमा आगामी दिनमा निर्माण हुने शैक्षिक योजनाहरुमा भाषिक तथा गणितीय सीप सुधारका लागि तीनवटै सरकारले विशेष ध्यानुपर्नेमा जोड दिइएको थियो ।

अहिलेसम्मको अभ्यासमा यस विषयमा केन्द्रित गरी कुनै पनि योजनाहरु प्रभावकारी कार्यान्वयनमा नरहेकोले यस तर्फ ध्यान दिन जरुरी रहेको वक्ताहरुको भनाइ थियो ।

सम्मेलनको समापन सत्रमा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सम्मेलनले कर्णालीका शिक्षा संग सम्बन्धित सरोकारवालाहरुलाई भाषिक तथा गणितीय सीप सुधारका लागि झकझक्याउन मद्दत गरेको बताए ।

तीनै तहका सरकारले शिक्षामा धेरै नै बजेट खर्चेको पाइन्छ तर आधारभूत तहमा भाषिक तथा गणितीय सीप सुधारमा प्रभावकारी कामहरु नभएकोले योजनागत रुपमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

स्ट्रीट चाइल्ड अफ नेपालका कन्ट्री डाइरेक्टर क्षितिज बस्नेतले कर्णालीमा भाषिक तथा गणितीय सीप सुधारका लागि तीन वटै सरकारले बिभिन्न योजनाहरुमै समावेश गरी प्रभाकारी कार्यान्वयनमा जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?