+
+
Shares

अन्तरीक्ष यात्रीको भूमिकामा दीया, यस्तो छ विज्ञान कथा ‘एक्लो’को लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १३:०९

काठमाडौँ । विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ले अभिनेत्री दीया पुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । मातातीर्थ औंशीको अवसरमा आइतबार लुक्स सार्वजनिक गरिएको हो ।

दीयालाई फिल्ममा अन्तरीक्ष यात्रीको भूमिकामा देखाइएको छ । उनको पात्रको नाम ‘एस्ट्रोनट पुन’ राखिएको छ ।

पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही लेख्छन्- हामी गर्वका साथ हाम्रो आफ्नै दीया पुनलाई प्रस्तुत गर्दैछौं । एक प्रतिभाशाली अभिनेत्री, जसको अद्भूत साहस पनि छ । उहाँले सगरमाथा आरोहण गर्नुभएको छ । यो आमाको दिनको अवसरमा, उहाँले फिल्ममा एउटा समर्पित र मायालु आमाको भूमिका निर्वाह गरेको योगदानलाई सम्मान गर्ने उपयुक्त मौका हो ।’

‘वीर विक्रम’बाट घरेलु फिल्ममा डेब्यु गरेकी दीयाको छैटौं अभिनय फिल्म हुनेछ । यसअघि उनले मिस्टर झोले, मन्त्र, अन्तिम संस्कार र दयारानीजस्ता फिल्ममा गरेकी छन् । ‘दयारानी’ गतवर्षको हिट फिल्म हो ।

‘एक्लो’को कुरा गर्दा यसमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह सिङ ठकुरी लगायतको अभिनय छ । निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्मातामा विनोद सुवेदी ‘क्षितिज’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?