+

राष्ट्रिय पुरुष र महिला हक्की प्रतियोगिता यसै साता सुरु हुने

२०८२ वैशाख  १४ गते १३:१६ २०८२ वैशाख १४ गते १३:१६
राष्ट्रिय पुरुष र महिला हक्की प्रतियोगिता यसै साता सुरु हुने

१४ वैशाख, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा पुरुष र महिलाको राष्ट्रिय हक्की प्रतियोगिता यसै साता सुरु हुने भएको छ ।

संघले आईतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय पुरुष हक्की प्रतियोगिता यही वैशाख १७ देखि वैशाख २६ गतेसम्म हुने जानकारी दपएको छ ।

यस्तै राष्ट्रिय महिला हक्की प्रतियोगिता बैशाख १८ देखि बैशाख २६ गतेसम्म हुने संघले जनाएको छ ।

दुवै प्रतियोगिता ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछ ।

राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा ८ तथा राष्ट्रिय महिला हक्की प्रतियोगितामा ४ टिमले प्रतिस्पर्धा गर्ने संघकी महासचिव सुबर्ण श्रेष्ठले जानकारी दिईन् ।

पुरुषमा मधेश प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश बागमती प्रदेश, नेपाल पुलिस क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । एपीएफ हक्कीमा नयाँ टिम पनि हो ।

पुरुषमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने संघले जनाएको छ ।

यसैगरी महिलातर्फ नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस राष्ट्रिय प्रतियोगिताबाट राष्ट्रिय टिम निर्माणका लागि महिला र पुरुषको खेलाडी छनोट समेत गरिने संघले जनाएको छ । ती खेलाडीलाई भारतमा लगेर प्रशिक्षण दिने संघको योजना छ ।

पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने संघकी महासचिव श्रेष्ठले जानकारी दिईन् ।

विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगदबाट पुरस्कृत गरिने छ ।

राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख र राष्ट्रिय महिला हक्की प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख खर्च हुने अनुमान रहेको महासचिव श्रेष्ठले बताईन् ।

राष्ट्रिय खेलकुद परिषदबाट केही रकम सहयोग हुने प्रतिबद्धता रहेको र बाँकी रकम हक्की संघकै सदस्यहरुबाट उठाउने संघले जनाएको छ ।

अहिलेसम्म कुनै प्रायोजक नपाएको र केही संस्थाहरुसँग छलफल भईरहेको महासचिव श्रेष्ठले जानकारी दिईन् ।

यसअघि नेताहरुको नाममा हक्कीको प्रतियोगिता हुने गरेकोमा अब ती प्रतियोगपताको लागि बजेट नआउने भएकोले संघले आफैँ राष्ट्रिय प्रतियोगिता गर्न लागेको जनाएको छ ।

यसअघि विगतमा पनि हक्कीको राष्ट्रिय प्रतियोगिता हुने गरेपनि कति पटक आयोजना भयो भन्ने तथ्याङ्क भेटिदैँन ।

राष्ट्रिय हक्की प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय