+

नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो

२०८२ वैशाख  १४ गते १३:२० २०८२ वैशाख १४ गते १३:२०
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो

१४ वैशाख, काठमाडौं । नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ । नेपाल उमा कुङफु संघको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

शंखपार्कमा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता उसुका आङबाबु लामा र सहभागीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । आङबाबु, उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राई, उपाधयक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्र गुरुङले कार्यक्रममा उपस्थितलाई ताइची तथा छिकुङको महत्वबारे प्रकाश पारेका थिए ।

सोही अवसरमा उमा कुङफु संघले विगत लामो समयदेखि यो खेलमा संलग्न श्यामप्रसाद गौतमको अध्यक्षतामा ९ सदस्यीय शंखपार्क ताइची तथा छिकुङ शाखा गठन गरेको थियो । संघले ५ दशकदेखि यो खेलमा कृयाशिल उमा कुङफुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।

नेपाल ताइची क्वान् महासंघका अध्यक्ष कर्मा लामा, अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, उपाध्यक्ष रमेश महर्जनलगायतले मुख्य प्रशिक्षक श्रेष्ठलाई दोसल्ला र सम्मान पत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको संघले जनाएको छ ।

‘एकै विश्व, एकै स्वास’ भन्ने नारासहित १९९९ देखि विश्वका विभिन्न देशमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विगत २० वर्षदेखि विविध कार्यक्रम गरी दिवस मनाउन थालिएको उपाध्यक्ष गुरुङले जनाएका छन् ।

विश्व ताइची तथा छिकुङ दिवस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय