+
+
Shares

स्थानीय तहबाट शिक्षकको सरुवा र राजीनामा गराउने धम्की आयो : शिक्षक महासंघ

शिक्षक–कर्मचारीलाई काठमाडौं आउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १३:२७
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी

१३ वैशाख,काठमाडौं । नेपाल शिक्षक महासंघले स्थानीय तहबाट शिक्षक र कर्मचारीहरूलाई धम्की आएको बताएको छ । महासंघले विज्ञप्ति निकालेर स्थानीय तहबाट सरुवा र राजीनामा गराउने धम्की आएको बताएको हो ।

‘शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक, शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन्,’ महासंघकाअध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासंघले देशभरका शिक्षकलाई काठमाडौं आउन आग्रह गरेको छ । ‘अब दरिलो र अन्तिम धक्का आवश्यक भएको छ । यस निर्णायक घडीमा देशभरका सबै शिक्षक–कर्मचारी साथीहरुलाई काठमाडौं आउनुहुन आग्रह गर्दछौं,’ महासंघले भनेको छ ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

सरकारी शिक्षकहरुको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आन्दोलनको २६ औं दिनमा आज शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?