+
+
Shares
हलिउड :

६१ वर्षको उमेरमा तेस्रो विवाह गर्दै ब्राड पिट

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १३:३१

लस एन्जलस । हलिउड स्टार ब्राड पिटले ६१ वर्षको उमेरमा तेस्रो विवाह गर्न लागेका छन् । विवाहको लागि उनले शनिबार प्रेमिका इनेस डी रामोनलाई प्रपोज गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इनेस पेशाले गहना डिजाइनर हुन् । उनको अघिल्लो विवाह असफल भैसकेको छ । ब्राड र इनेस दुवैजनाले सन् २०२२ देखि डेट गर्दै आइरहेका थिए । न्यूजिल्याण्डमा फिल्म सुटिङका लागि जानुअघि ब्राडले इनेसलाई प्रस्ताव गरेका हुन् ।

पूर्वपत्नी एन्जेलिना जोली यसैवर्ष औपचारिकरुपमा सम्बन्धविच्छेद भएपनि अभिनेता पिट नयाँ जीवन सुरु गर्न तयार छन् । पिटको वैवाहिक जीवन तीन चरणमा बाँडिएको छ ।

उनले सन् २००० मा ‘फ्रेन्ड्स’ सिरिजकी चर्चित अभिनेत्री जेनिफर एनिस्टनसँग पहिलो विवाह गरे । उनीहरूको सम्बन्ध पाँच वर्षसम्म टिक्यो । सन् २००५ मा ‘मिस्टर एन्ड मिसेस स्मिथ’ फिल्मको सुटिङका क्रममा ब्राडको एन्जेलिना जोलीसँग नजिकिएको खबर सार्वजनिक भएपछि, जेनिफरले ‘आपसी मतभेद’को कारण देखाउँदै सम्बन्धविच्छेदको लागि निवेदन दिइन् । अक्टोबर २००५ मा उनीहरूको विवाह टुंगियो ।

ब्राड र एन्जेलिनाको सम्बन्ध सन् २००५ मा सुरु भयो र उनीहरू ‘ब्रान्जेलिना’ नामले प्रसिद्ध भए । सन् २०१६ मा एक निजी विमान यात्राको क्रममा भएको विवादपछि एन्जेलिनाले सम्बन्धविच्छेदको निवेदन दिइन् ।

८ वर्ष लामो कानुनी प्रक्रियापछि, डिसेम्बर ३०, २०२४ मा उनीहरूको सम्बन्धविच्छेद अन्तिम रूपमा टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?