
१४ वैशाख, काठमाडौं । एकै विधेयकमा एक भन्दा धेरै ऐन संशोधनको प्रस्ताव नल्याउन सरकारलाई संसदीय समितिले सुझाव दिएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ पेश कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले यस्तो आग्रह गरेकी हुन् ।
एकै विधेयकमा एक भन्दा धेरै ऐन संशोधनको प्रस्ताव ल्याउँदा काम गर्न गाह्रो भएको समिति सदस्यहरूको गूनासो रहेको उनले बताइन् । आगामी दिनमा एउटा विधेयकमा एउटा ऐन संशोधनका विषय ल्याउन सुझाएका हुन् ।
‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तत्कालीन कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ल्याएका थिए । २६ वैशाख २०८० मा संसदमा आएको यो विधेयक दफावार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पुगेको थियो ।
समितिले दफावार छलफल सकाएर विधेयकको प्रतिवेदन आइतबार सभामा पेश गरेको हो ।
प्रतिक्रिया 4