+
+
Shares

सर्लाहीमा महिलाको हत्या, जेठाजु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १४:२७
प्रतीकात्मक तस्वीर

१४ वैशाख, जनकपुरधाम । सर्लाहीमा एक जना महिलाको हत्या भएको छ ।

प्रहरीका अनुसार घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानमाथि उनकै जेठाजुले धारिलो हतियार प्रहार गरेका हुन्  ।

बिष्णु गाउँपालिका– ३ मधुवन गोठका गजेन्द्र पासवानकी श्रीमती रेनु देवीमाथि आइतबार बिहान करिब १० बजेतिर ४० वर्षीय जेठाजु साहेब पासवानले धारिलो हतियार प्रहार गरेको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।

डीएसपी राईका अनुसार हात, मुख र घाँटीमा गम्भीर चोट लागेका कारण रनु देवीको घटनास्थलमै मृत्यु भएको हो ।

साहेब पासवानलाई हतियारसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?