+
+
Shares

टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १५:५७

१४ वैशाख, काठमाडौं । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई हिजोआज सार्वजनिक यातायातमा यात्रा गरिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा उनले सफा टेम्पो चढेर यात्रा गरिरहेको तस्वीरहरू यत्रतत्र भेटिन थालेका छन् ।

गत ८ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी भट्टराईसँग निजी सवारी साधन छैन । भट्टराईले राजीनामा दिएकै दिन क्वार्टर छाडेकी थिइन् ।

उनी राजीनामा दिनका लागि प्रधानमन्त्री निवास पुग्दा नै सरकारले उपलब्ध गराएको सवारी र सुरक्षाकर्मी छाडिसकेकी थिइन् ।

त्यसयता आफू घरबाट बाहिर निस्कंदा सधैं सार्वजनिक यातायात प्रयोग गर्ने गरेको भट्टराई बताउँछिन् । ‘म सँग अहिले सवारी साधन छैन, संसद् आउजाउ गर्दा सधैं टेम्पो प्रयोग गर्ने गरेको छु,’ भट्टराईले अनलाइनखबरसँग भनिन् ।

सांसद भट्टराई चाबहिल बसोबास गर्दै आएकी छिन् ।

आइतबारको संसद् बैठकमा सहभागी हुन आउने क्रममा पनि उनी चाबहिलबाट टेम्पो चढेरै नयाँ बानेश्वरसम्म पुगेकी थिइन् ।

तर, उनले आफूले टेम्पो चढेकै कुरा समाचारको विषय बन्न नपर्ने पनि बताउँछिन् । ‘यो समाचार बन्नुपर्ने विषय हो जस्तो लाग्दैन, म सँग निजी साधन नभएपछि टेम्पो चढ्ने गरेको हुँ,’ भट्टराईले भनिन् ।
०८१ असार ३१ गते मन्त्री नियुक्त भएकी भट्टराई कास्की क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

उनका श्रीमान् (तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री) रवीन्द्र अधिकारीको ताप्लेजुङको पाथीभरामा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

त्यसपछि उपप्रध्यापक पदबाट राजीनामा दिएर राजीनिमा सक्रिय भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?