+
+
Shares

कैलालीमा साढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १६:०१

१३ वैशाख, धनगढी । कैलालीमा साढे दुई किलो चरेस र करीब चार ग्राम लागुऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरिएको छ ।

धनगढी उपमहानगरपालिका–३ को बोराडाँडीबाट चरेससहित एक महिला र धनगढीसहितका अन्य स्थानबाट खैरो हेरोईनसहित अन्य तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा प्रहरी कार्यालय धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट गौरीगंगा नगरपालिका–८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई पक्राउ गरेको छ ।

बोहरालाई शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट २ किलो ५८० ग्राम चरेस बरामद गरिएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान समूूहको टोलीले धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकैबाट डोटीको जोरायल गाउँपालिका–१ गैरा बस्ने २४ वर्षीय किरण बहादुर वि.कलाई पक्राउ गरेको छ ।

उनको साथबाट दुई ग्राम १२० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरेको छ । धनगढी–३ कै शिशा पोष्ट नजिकबाट गोदावरी नगरपालिका–२ बस्ने २७ वर्षीय सागर चौधरीलाई पक्राउ गरिएको छ ।

उनको साथबाट एक ग्राम १४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–२ को ब्यारेलबाट बैतडीको दशरथचन्द नगरपालिका–१ बस्ने २७ वर्षीय बिरेन्द्र सिंह भाटलाई पनि पक्राउ गरिएको छ । चेकजाँच गर्दा उनको मुखबाट ६६० मिलिग्राम लागुऔषध खैरो हेरोइन) बरामद गरिएको छ । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?